
पोखरा, १८ भदौ । गण्डकी प्रदेशका एक पुरुष सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
४ दिनअघि स्वाब दिएकोमा बुधबार रिपोर्ट पोजेटिभ आएको हो । कन्ट्याक्ट टे«सिङ परेपछि उनले नमुना जाँचका लागि स्वाब दिएका थिए ।
आफूलाई कसरी संक्रमण देखियो भन्नेबारेमा पत्ता लगाउन नसकेको उनले बताए ।
उनी केही दिनअघि प्रहरी गणमा खाना खाएको बुझिएको छ । गणमा कार्यरत हाल ३६ जना प्रहरीमा कोरोना देखिएको छ ।
उनी अहिले पोखरास्थित आफ्नै डेरामा छन् । ती संक्रमित सांसदले उच्च रक्तचापको नियमित औषधी पनि खाँदै आएका थिए ।
बुधबार उनले सामाजिक विकास मन्त्री नरदेवी पुनसँग भेटेका थिए । जसका कारण मन्त्री पुन पनि कन्ट्याक्ट टे«सिङमा परेकी छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. शर्माले संक्रमण पुष्टि भएका ती सांसदसँग सम्पर्कमा आएकाहरुको सूची तयार गर्न र स्वाबको नमुना लिनका लागि योजना तयार भइसकेको जानकारी दिए ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




