
गण्डकी, १८ भदौ । कोरोना भाइरसका कारण व्यापार व्यवसाय प्रभावित भएपछि पोखरेली युवा व्यवसायी बंगुर पालनमा आकर्षित भएका छन् । ‘युवा व्यवसायीबीच साथ, सहयोग र सहकार्यका लागि’ भन्ने मूल उद्देश्यकासाथ एक वर्षअघि स्थापित युथ कम्युनिटी क्लब कास्कीले मित्रता इन्भेष्टमेन्ट कम्पनी मार्फत मित्रता एग्रो प्राली स्थापना गरी पोखरामा बङ्गुरपालन थालेको हो ।
उनीहरूले पोखरा महानगरपालिका वडा नं ३३ शहरेतरास्थित पिगपार्कमा चार हजार ७६० स्क्वायर फुट क्षेत्रफलमा बंगुर पालन शुरु गरेका हुन् । क्लब पोखरामा आबद्ध युवा व्यवसायी सम्मिलित भई ८४ लाखको लगानीमा बंगुर पालन शुरु गरिएको मित्रता एग्रो प्रालिका निर्देशक जयन्ती मोक्तानले बताइन ।
लामो समयको बन्दाबन्दीका कारण आफूहरुको व्यवसाय नै धरापमा परेका कारण धेरै थोरै रकम संकलन गरी कृषिजन्य वस्तुको उत्पादन र बिक्री वितरणबाट दिगो विकास सम्भव हुने देखेर युवालाई कृषितर्फ उन्मुख गराउन पहिलो चरणमा बंगुर पालन शुरु गरिएको मोक्तानले बताइन । बिसदेखि ४५ वर्ष उमेर समूहका युवालाई क्लबमा आबद्ध गराई मित्रता एग्रो प्रालीमा शेयर हाल्न सकिने भएकाले कुनैपनि युवाले सानो लगानीमा कृषि कार्यक्रममा सहभागिता जनाउन सक्ने उनको भनाइ छ ।
हाल ११५ जना युवा व्यवसायीबाट बंगुर पालन शुरु गरिएको भए तापनि निकट भविष्यमा तरकारी उत्पादन, कृषि, पशुक्षीजन्य सामग्रीको उत्पादन र बिक्री वितरण गर्ने लक्ष्य प्रालीले दिएको निर्देशक मोक्तानले जानकारी दिइन । क्लब स्थापनाको एक वर्षभित्रै त्यसमा पनि बन्दाबन्दीको समयमा आफूहरुले बंगुर पालन शुरुआत गरेको उल्लेख गर्दै आगामी पाँच वर्षभित्रमा कास्कीमा मात्र १० हजार सदस्यता वितरण गर्ने योजना रहेको बताइन । उनका अनुसार क्लबमा आबद्ध हरेक सदस्यले इन्भेष्टमेन्ट कम्पनीमार्फत सञ्चालनमा आएको एग्रो प्रालिमा शेयर राख्न पाउने राससले लेखेको छ ।
पोखरामा स्थापित युथ कमिटी क्लबले पाँच वर्षभित्र नेपालको सातवटै प्रदेशमा शाखा विस्तार गरी हरेक प्रदेशमा उत्पादनमुलक क्षेत्रमा लगानी गर्दै जाने लक्ष्य लिएको छ ।








काठमाडौं, ५ मङ्सिर । तेस्रो प्रयासमा अन्ततः सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को…
काठमाडौं, ५ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दिउँसो भारतको राजकीय भ्रमणमा जानुहुने भएको छ ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले युवालाई उद्यमशीलता र…
पोखरा, ५ मंसिर । पोखरामा विद्यार्थी छात्र–छात्रा तथा खुला महिला–पुरुषतर्फको ५ किलोमिटर दौड प्रतियोगिता सम्पन्न… 




