पोखरा औद्योगिक क्षेत्रमा कार्यरत २९ कामदारमा कोरोना

-



     सफल आवाज    
     भाद्र १८ गते २०७७ मा प्रकाशित



पोखरा, १८ भदौ । पोखराको औद्योगिक क्षेत्रमा कार्यरत २९ जना कामदारमा कोरोना पुष्टि भएको छ।

कन्ट्याक्ट ट्रे्सिङका क्रममा उनीहरुमा कोरोना पुष्टि भएको हो । उनीहरुमध्ये अधिकांश औद्योगिक क्षेत्रभित्र रहेका उद्योगका कामदार भएको पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले बताए ।

औद्योगिक क्षेत्रमा बुथ राखेर स्वाब संकलन गरिएकोमा नमुना परीक्षण गरी हेर्दा तीमध्ये २९ जनामा कोरोना देखिएको उनले बताए । तर औद्योगिक क्षेत्रभित्रका कुन–कुन उद्योगका कामदार रहेको भने खुलाइएको छैन ।

उनीहरुको उमेर समूह २१ देखि ५८ वर्षसम्म छ । पोखराको क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा नमुना परीक्षणमा वडा १, ५, ८, १०, १२, १३, १४, १६, २७ र ३० का ती मानिसहरु हुन् । पोखरा–१२ मा ५ महिला सहित ८ जना, वडा १० मा २ महिला सहित ७ जना, वडा ८ मा २ पुरुष, वडा २७ मा २ महिलासहित ३ जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ ।

यस्तै, नवलपुर गैडाकोटका ३ जना पुरुषमा पनि कोरोना देखा परेको छ । योसहित बिहीबारसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय १ १ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।