विराटनगरमा हजार शैयाको आइसोलेसन सेन्टर बन्ने

-



     सफल आवाज    
     भाद्र १९ गते २०७७ मा प्रकाशित



विराटनगर, १९ भदौ । प्रदेश १ को राजधानी विराटनगरमा एक हजार शैयाको आइसोलेसन सेन्टर बन्ने भएको छ ।

प्रदेश सरकारको विराटनगरमा भएको प्रदेश स्तरीय सिसिएमसीको भर्चुअल बैठकले एक हजार शैयाको आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको हो ।

मुख्यमन्त्री शेरधन राईले भर्चुअल वैठकमा एक हजार शैयाको नयाँ आइसोलेसन सेन्टर तत्काल निर्माण गरिने बताएका हुन् । आइसोलेसन निर्माणको जिम्मेवारी सामाजिक विकास मन्त्रालयलाई दिइएको छ । स्थानीय पालिका, निजी क्षेत्र लगायतसँगको समन्वय र साझेदारीमा उक्त आाइसोलेसन सेन्टर सञ्चालन हुनेछ ।

बैठकले प्रदेश १ मा लकडाउन र निषेधाज्ञालाई खुकुलो बनाउँदै जाने निर्णय पनि गरेको छ । संक्रमण देखिएका स्थानमा भने सिल गर्ने निर्णय गरेको प्रदेश सरकारले जनाएको छ ।