
पोखरा, १९ भदौ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४ सय नाघेको छ । शुक्रबार थपिएका संक्रमितसहित कुल संक्रमितको संख्या २ हजा ४ सय ३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा एकै दिन ८९ जना संक्रमित थप भएका हुन् ।
पछिल्लो समय गोरखाका ६ जना संक्रमित थपिएका छन् । गोरखा वडा ६ का वर्ष २३, ५३ र ५५ का पुरुष र ४ वर्षीया बालिकासहित ३२ र ५१ महिलामा संक्रमण पुष्टि भएको छ । उनीहरुको नमुना परीक्षण क्षयरोग उपचार केन्द्र पोखरामा भएको हो । उनीहरु सबैजना कन्ट्याक्ट टे«सिङ आधारमा कोभिड–१९ संक्रमित पुष्टि भएको जनाइएको छ ।
त्यस्तै, मनाङको चामेमा कार्यरत २४ वर्षीय प्रहरी (पुरुष), कास्कीको पोखरा ५ का ३२ वर्षीय पुरुष, स्याङ्जा भीरकोटका २० वर्षीया पुरुषमा पनि कोरोना देखिएको छ ।
गोरखाको गोरखा–१३ का ९ जना महिला र ६ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । पुरुषहरुमा वर्ष ३०, ५०, २१, १२, ८, ३, ५०, २९, ३० का छन् भने महिलाहरुको उमेर ६०, २८, २६, ४२, २५ र ४५ रहेको छ । गोरखाकै अजिरकोटका २४ वर्षीय पुरुषमा पनि कोरोना देखा परेको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा शुक्रबार नै २४ जना संक्रमित फेला परेका छन् । कावासोती १६ का ११, २७ र ३० वर्षीय पुरुष तथा ३८ र ४३ वर्षीया महिला छन् । कावासोती २ का ७५ वषीय पुरुष, वडा ३ का २८ र ३० वर्षीय पुरुष तथा ३३ वर्षीया महिलामा पनि कोरोना देखिएको छ । कावासोती–३ का ४७ वर्षीय पुरुष र वडा १७ का ५१ वर्षीय पुरुष पनि छन् ।
देवचुली वडा १५ का २० र २२ वर्षीया महिला, वडा १ की ३८ वर्षीया महिला र ६४ वर्षीय पुरुष, वडा १० का ५० र ७४ वर्षीय पुरुष, ६७ वर्षीया महिला, वडा २ की ६५ वर्षीया महिला, वडा १३ की २१ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।
उता, गैँडाकोट–४ की २५ वर्षीया महिला, ९ की ६२ वर्षीया महिला र विनयत्रिवेणी १ का २६ वर्षीय पुरुषमा पनि कोरोना भाइरस संक्रमण देखा परेको छ ।
गण्डकीमा शुक्रबार बिहानमात्र पोखरा १६ सहित ४० जनामा कोरोना देखा परेको पुष्टि भएको थियो । जसमा पोखरा १२ की २८ वर्षीया महिला, वडा –१० का २३, २४ र २६ वर्षीय पुरुष, वडा २६ का १८ र ४७ वर्षीय पुरुष, १४ का २५ वर्षीय पुरुष, वडा ५ का ५० वर्षीय पुरुष, वडा ३० का २८ वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ ।
पाखरा वडा १५ मा कार्यरत ७ जना प्रहरीमा शुक्रबार नै कोरोना पुष्टि भएको छ । उनीहरु वर्ष २६, ३१, २८, २९, २६, २९ र २७ का छन् ।
उता, लमजुङमा ३ संक्रमित देखिएकोमा मध्येनेपाल–१ का ३९ वर्षीय पुरुष, राइनास ९ की ३१ वर्षीया महिला र ५५ वर्षीय पुरुष छन् ।
स्याङजाको कालीगण्डकी गाउँपालिकाका २८ वर्षीय पुरुष, बागलुङको ताराखोला ३ का ४२ वर्षीय पुरुष, तनहुँको म्याग्दे गाउँपालिकाकी २६ वर्षीया महिलामा पनि कोरोना देखा परेको छ ।
नवलपुरको गैँडाकोट र देवचुलीमा गरी बिहान १७ जनामा कोरोना पुष्टि भएको थियो । जसमा गैँडाकोट –१ का ५२, २६ र २६ वर्षीय पुरुष, १८ वर्षीया महिला, वडा ५ का २५, २९ र ५७ वर्षीय पुरुष, २८ र ५९ वर्षीया महिला, वडा ४ का ४२ वर्षीय पुरुष र २० वर्षीया महिलामा पनि कोरोना देखिएको छ । गैँडाकोट – २ का वर्ष ३५, ३६, ४० र ४८ का गरी ४ जना पुरुष तथा ४५ वर्षीया महिला, देवचुली–७ का ३५ वर्षीय पुरुषमा कोभिड–१९ पुष्टि भएको छ ।
गण्डकीमा निको हुने बिरामीको संख्या १ हजार ७ सय ६९ अर्थात ७३ दशमलब ८० प्रतिशत छ । हाल आइसोलेनमा रहेकाहरुको संख्या (सक्रिय संक्रमित) ६ सय १३, होम आइसोलेनमा रहेकाहरु ४२ (कास्की ३९ र नवलपुर १ र तनहुँ २) आईसीयूमा ५ जना (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान), क्वारेन्टाइनमा रहेकारु ६ सय ३ जना छन् । गण्डकीमा हाल ५७ वटा भेन्टिलेर भएपनि कोही पनि कोरोना संक्रमित हाल भेन्टिलेटरमा उपचाररत छैनन् ।











पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




