विश्वमा कोरोना संक्रमणबाट निको हुनेहरु १ करोड ८६ लाख ८१ हजार ३३७

-



     सफल आवाज    
     भाद्र १९ गते २०७७ मा प्रकाशित



काठमाडौं, १९, भदौ । विश्वमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १ करोड ८६ लाख ८१ हजार ३३७ पुगेको छ । हालसम्म ८ लाख ७३ हजार ७३६ जनाको मृत्यु भएको छ भने संक्रमित संख्या २ करोड ६४ लाख ९७ हजार ९०६ पुगेको छ ।

यस्तै, कोरोनाका सक्रिय केस ६९ लाख ४२ हजार ८३३ रहेका छन् । ६८ लाख ८२ हजार ५७ जनाको अवस्था सामान्य भएको छ भने ६० हजार ७७६ संक्रमितको अवस्था गम्भिर रहेको छ ।

कोरोनाले प्रभावित भएका २१३ देशमध्य अमेरिका सबैभन्दा वढी प्रभावित भएको छ । त्यहाँ ६३ लाख ३५ हजार २४४ जनामा संक्रमण भएको छ । ३५ लाख ७५ हजार ९६ जना निको भएका छन् । १ लाख ९१ हजार ५८ जनाको ज्यान गएको छ ।

ब्राजिलमा ४० लाख ४६ हजार १५० जनामा संक्रमण भएको छ । ३२ लाख ४७ हजार ६१० जना निको भएका छन् । १ लाख २४ हजार ७२९ जनाको ज्यान गएको छ ।

भारतमा ३९ लाख ४० हजार १३१ जनामा संक्रमण भएको छ । ३० लाख ३७ हजार १५१ जना निको भएका छन् । ६८ हजार ५९८ जनाको ज्यान गएको छ ।

रसियामा १० लाख १५ हजार १०५ जनामा संक्रमण भएको । ८ लाख ३२ हजार ७४७ जना निको भएका छन् । १७ हजार ६४९ जनाको ज्यान गएको छ ।श्रोत :वर्ल्डओमिटर्स डट इन्फो