डडेल्धुरामा जिल्लामा पहिलो आइसोलेसन केन्द्र निर्माण हुँदै

-



     सफल आवाज    
     भाद्र १९ गते २०७७ मा प्रकाशित



डडेल्धुरा, १९ भदौ । सुदूपश्चिम प्रदेशको डडेल्धुरा जिल्लामा पहिलो पटक भागेश्वर गाउँपालिकामा आइसोलेसन केन्द्र निर्माण गर्न लागिएको छ । सदरमुकाम भागेश्वर बगरकोटमा २० शैयाको आईसोलेसन केन्द्र भागेश्वर गाउँपालिकाले निर्माण गर्न लागेको हो ।

सरकारले एक स्थानीय तह एक आइसोलेसन केन्द्र निर्माण गर्नुपर्ने प्रावधान बनाएपछि गाउँपालिकाको आर्थिक सहयोग र स्थानीय बासिन्दाको श्रमदानमा आईसोलेसन केन्द्र निर्माण शुरु गरिएको हो ।

रुपैयाँ २० लाखको लागतमा भदौमा सम्पन्न गर्ने लक्ष्यकासाथ निर्माण कार्य भइरहेको गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले बताएकि छन् ।