
काठमाडौं, २३ भदौ । गुर्जो एक प्रकारको औषधीय गुण भएको लहरे वनस्पति हो । यसलाई संस्कृतमा अमृता, नेपालीमा गुर्जो, मधेशमा गिलोय र हिन्दीमा गुडुची भन्ने गरिन्छ । यसको वैज्ञानिक नाम टिनोस्पोरा कोर्डिफोलिया हो । गुर्जो ‘मेनिस्परमासिया’ वनस्पति परिवार अन्तर्गत ‘टिनोस्पोरा’ वंशमा पर्ने ‘टी कोर्डिफोलिया’ प्रजातिको महत्वपूर्ण जडीबुटी भएको बनस्पतिबिज्ञहरु बताउछन ।
यो लहरे तथा पतझर प्रकृतिको वनस्पति हो । यसको लहरा मोटो र गुदिदार हन्छ । यसको लहरामा आँख्लै आँख्लाहरु हुन्छन् । गुर्जोको बाहिरी बोक्रा पातलो कागजको जत्तिकै हुन्छ । बोक्रामा सेता छिर्काहरु पनि हुन्छन् । गुर्जोका पलाएका पातहरु सप्रिएका लहरामा हेर्दा चाँङ मिलाएर राखे जस्तै देखिन्छ ।
पानको पात आकारका हुन्छन् गुर्जोका पात । यसका लहरामा भएका आँख्लाहरुमा लहरै लागेर फल फल्ने गर्दछन् । भाले फूलहरू झुप्पा झुप्पाका देखिन्छन् । पोथी फुलहरू एक्लाएक्लै रहेका हुन्छन्।् । फलहरू अण्डाको आकारका र गुदिदार हुन्छन् ।
गुर्जो नेपाल, उत्तर—पूर्वी भारत, श्रीलङ्का, म्यानमार, थाइल्याण्ड, भियतनाम, दक्षिणी चीन, मलेसिया लगायतका एशियाली देशहरुमा प्रशस्त पाइन्छ । नेपालमा पूर्व झापा देखि पश्चिम महाकालीसम्म समुद्री सतह ३०० देखि ५०० मिटरसम्मको उचाइमा पाउन सकिन्छ ।
गुर्जोका फाइदाहरु
नेपालमा परम्परागत रुपमा गाउँघरमा गुर्जोलाई औषधीको रुपमा प्रयोग गरिदैं आएको पाईन्छ । अहिले कोरोनाको कहरको समयमा जडीबुटीको सेवनले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने भएकोले यो झन् वढी उपयोगी भएको आयुर्वेद क्षेत्रका जानकारहरु बताउँछन् ।
डा.अनिल कुमार चौंधरीले कोरोना कहरको बेलामा उमालेको पानीमा गुर्जो राखेर सेवन गर्दा स्वास्थ्यका लागि अत्यन्त फाइदा पुग्ने बताउछन । आईसोलेसन, क्वारेन्टिन र होम क्वारेन्टिनमा बस्नेहरुले अधिक मात्रामा गुर्जो राखेर उमालेको पानी सेवन गरिरहेको तथ्याकं प्राप्त भएको डा. चौंधरीले सफल आवाजलाई बताए ।
उनका अनुसार गुर्जोले शरीरमा भएको वाथरोग र पित्तको समस्यालाई हटाउछ । रोगप्रतिरोधत्मक क्षमता वृद्धि गर्दछ । हाम्रो शरीरको रगतलाई शुद्ध बनाउने, लिभरको समस्या भएका र आन्द्रामा भएका व्याक्टेरियाहरुलाई मार्ने काम गुर्जोले गर्छ ।” पिसाबको समस्या, हातखुट्टाका जोर्नी दुख्ने, आँखाको ज्योती वढाउने र छातीको समस्या भएकाहरुको लागि गुर्जोको सेवन लाभदायक हुन्छ, उनले भने ।
बिहान खाली पेटमा र राती सृत्ने बेलामा गुर्जो राखेर उमालेको पानी पिउनाले स्वास्थ्यका लागि लाभदायी हुने बताउँछन् । प्रेसर कम भएकाहरुले गुर्जो उमालेको पानी कम, आधा गिलाससम्म पिउनुपर्छ । आयुर्वेद औषधालयमा यसको तयारी धूलो पनि पाईन्छ । गाउँघरमा यसलाई बारिका कान्ला वा जंगलबाट खोजेर ल्याएर साना साना टुक्रा बनाएर सुकाएर राखिन्छ । यसलाई चाहेको बेलामा सिलौटामा थिचेर पानीमा राखि उमालेर पिउन सकिन्छ । बनिबनाउ धूलो एक लिटर पानीमा १ चम्चा राखेर खान सकिन्छ । टर्रो वा तीतो लागेमा आवश्यक मात्रामा चिनी राखेर खान सकिने आर्युेवेदबिज्ञहरु बताउछन ।
अल नेपाल होमियोप्याथिक एसोसिएसन गण्डकी प्रदेशका अध्यक्ष तथा आरोग्यधाम होमियोप्याथिक हस्पिटलकाका संस्थापक डा.विष्णु चापागाईका अनुसार गुर्जोको सेवनले शरिरका हरेक अंगहरुमा शक्ति पैदा गर्ने र शक्ति प्रदान गर्दछ । कुनै पनि अंगमा जलन हुने बिरामीले गुर्जोलाई पानीमा उमालेर बिहान बेलुका एकएक कप पिउनाले फाइदा हुने उनले बताए । अहिले वजारमा गुर्जोको जुस र धूलो प्याकिङमा पनि पाउन सकिने भएको छ ।
कोरोना भाइरसको महामारीसँगै अहिले नेपाल तथा भारतमा यसको वढी माग र प्रयोग भईरहेको छ । उसो त यसको प्रयोग आयुर्वेद औषधी र जडीबुटीयुक्त चियामा पनि प्रयोग हुँदै आएको छ ।
गुर्जोलाई नेपाल सरकारले ‘जडीबुटी एवं गैरकाष्ठ वन पैदावार विकास नीति २०६१’ मा खेती तथा अनुसन्धानका लागि प्राथमिकतामा राखेको छ । गुर्जोलाई वनस्पतिको सूचीमा राखेको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




