कोरोना संक्रमित ४८ हजार पार, एकै दिन २२८७ डिस्चार्ज

-



     सफल आवाज    
     भाद्र २३ गते २०७७ मा प्रकाशित



काठमाडौं, २३ भदौ । नेपालमा मंगलबार ९ सय २ जना थप संक्रमित भेटिएका छन् ।

गएको २४ घण्टामा थप ९ सय २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले जानकारी दिए । यो सहित हाल नेपालमा संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ ।
गएको २४ घण्टामा १० हजार ६ सय ११ जनाको पीसीआर परीक्षण भएको थियो। हाल नेपालमै २२/२५ हजार टेष्ट गर्न सकिने क्षमता रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो समय २ हजार २ सय ८७ जना कोरोना संक्रमित उपचारपछि निको भई घर फर्केका छन् । कुल निको हुने संख्या ३२ हजार ९ सय ६४ पुगेको छ ।

हाल १ सय ४४ आईसीयूमा उपचाररत् छन् ।