पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु

-



     सफल आवाज    
     भाद्र ३० गते २०७७ मा प्रकाशित



पोखरा, ३० भदौ । पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । पोखराका ७० वर्षीय पुरुषको मनिपाल शिक्षण अस्पतालमा उपचारक्रममा गएराति मृत्यु भएको हो ।

भदौ २५ मा अस्पताल भर्ना भएका ती वृद्धमा २८ गते कोरोना पुष्टि भएको थियो । उनको सोमबार राति ११ बजेर २० मिनेटमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनी क्यान्सरका बिरामी थिए ।

योसहित पोखरामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । कास्की जिल्लाभर १० जनाको मृत्यु भएको छ ।

यस्तै, गोरखाको बारपाक सुलिकोट–८ की ६३ वर्षीया महिलाको भदौ २९ गते काठमाडौंको छाउनीस्थित वीरेन्द्र अस्पतालमा मृत्यु भएको छ । क्यान्सरकी रोगी उनमा भदौ २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय १६ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।