गण्डकीमा संक्रमित ३२ सय नाघे, पाेखरामा थप ४ फेला

-



     सफल आवाज    
     असाेज १ गते २०७७ मा प्रकाशित



पोखरा, १ असाेज । गण्डकी प्रदेशमा थप २३ जना कोरोना संक्रमित फेला परेका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयले बिहिबार विज्ञप्तिमार्फत प्रदेशका विभिन्न जिल्ला सहित थप २३ जनामा काेराेना पुष्टि भएकाे जनाएको हाे। तीमध्ये पाेखराका ४ जना छन्।

पाेखरा १५ का २९ वर्षका पुरूष र बागलुङ नगरपालिकाका ४ पुरूष भारतबाट फर्केकाेमा अरू सबै कन्ट्याक्ट् ट्रेसिङ आधारमा काेराेना पहिचान भएका हुन् ।

याे सहित कुल संक्रमित संख्या ३ हजार २ सय १ पुगेकाे छ।