११ संक्रमित थपिँदा गण्डकीमा कुल संक्रमित झण्डै ३३ सय

-



     सफल आवाज    
     असाेज २ गते २०७७ मा प्रकाशित



पोखरा, २ असोज । गण्डकी प्रदेशमा शुक्रबार ११ जना कोरोना संक्रमित थप भएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार विज्ञप्ति जारी गरी नवलपुरमा ८, तनहुँका २ र स्याङ्जाका १ गरी ११ जना संक्रमित थपिएको जनाएको हो ।

यो सहित प्रदेशमा कुल संक्रमित संख्या ३ हजार २ सय ९१ पुगेको छ ।