
डुरियनलाई फलको राजा मानिन्छ । यो फल हामीकहाँ पाईने रुख कटहर जस्तो देखिएता पनि यसका भिन्न बिशेषता छन । शक्तिको मुख्य श्रोतको रुपमा लिईने यो फलको ओजन ६०० देखी ७०० ग्रामसम्म हुन्छ ।
सय ग्राम डुरियन फल खाँदा १४७ क्यालोरी शक्ति प्राप्त हुने भएकोले यसलाई धेरै उपयोगी फलको रुपमा लिइन्छ । जर्मन रिसर्च सेन्टर फर फुड केमेस्ट्रीका अनुसार यसको गन्ध महको या रोस्ट गरिएको प्याजको जस्तो भिन्न खालको हुन्छ । अमेरिकन कृषि बिभागको अनुसन्धान अनुसार यो फलमा प्रोटिन, कार्बोहाइड्रेड, फाइबर, क्याल्सिय, पोटासियम, भिटामिन सि, रिबोफलाभिन फोलट पर्याप्त मात्रामा पाइने हुनाले सबैका लागि उत्तम मानिएको छ ।
यो फललाई भिटामिन र मिनेरल्सको भन्डार (ग्यालोरी) भनेर पनि चिनिन्छ । यो फलको बैज्ञानीक नाम डुरियो हो भने मँलोस उच्च बर्गिकरण र मैलवेलीस समूहमा राखिएको छ ।
यो फललाई खाँदा अली होसियारीपूर्वक हातमा ग्लब्स लगाएर भुँइकटहरको जस्तै छोडाएर कोया निकालेर खानु पर्छ । कसै कसैलाई यो फलले साइड इफेक्ट पनि हुन सक्ने भएकोले विज्ञहरुसंगको राय लिएर मात्रै सेबन गर्दा राम्रो हुन्छ । कसै कसैलाई यो फल खाँदा डाइरिया हुने, पेट दुख्ने, ग्यासको समस्या हुने, बमिट हुने र एलर्जी हुन्छ ।
डुरियन स्वास्थ्यका लागि निक्कै फाइदाजनक छ । महत्वपूर्ण मिनेरल्स जस्तै :पोटासियम, क्याल्सियम, म्याग्नेसियम, सोडियम, जिन्क, फस्पोरस लगायतका तत्वहरु पर्याप्त मात्रामा पाइने भएकोले यो फल स्वास्थ्यका लागि अती नै राम्रो मानिन्छ । त्यसैले पनि यसलाई फलको राजा भनिएको हो । जो दक्षिणपूर्वि एशियामा प्रख्यात छ । मलेसिया, इन्डोनेसिया, ब्रुनाई, फिलीपिन्स लगायतका देशमा यसको व्यवसायीक खेती गरेको पाईन्छ । ३० वटा प्रजातीमा पाईने यो फल ९ प्रजातीका मात्रै खान योग्य मानिएको छ ।
स्वास्थ्य सम्वन्धी फाइदा :
- पाँचन शक्तिलाई बलियो बनाउन मद्दत पुर्याउछ ।
- कार्डियो भास्कुलर रोग हुनबाट बचाउन मद्दत गर्छ ।
- ब्लड सुगरलाई सन्तुलनमा राख्न सहयोगी भूमिका खेल्छ ।
- ब्लड प्रेसर हुनबाट बचाउन मद्दत गर्छ ।
- भिटामिन सि का कारण बुढो देखिनबाट सुरक्षित राख्छ ।
- क्यान्सरको जोखिमबाट जोगाउँछ ।
- प्रजनन स्वास्थ्यका लागि सहयोगी मानिन्छ ।
- हड्डी सम्बन्धी रोग निदान गर्न मद्दत पुर्याउछ ।
- फोलियाको मुख्य स्रोतका कारण एनिमिया हुनबाट बचाई राख्छ ।
- एमोनो एसिडका कारण इन्सोमनियाबाट बचाउछ ।
- प्राकृतिक रुपमा डिप्रेसन हुनबाट बचाउन मद्दत पुर्याउछ ।
- स्ट्रेस हुने समस्या छ भने पनि यो फल बहु उपयोगी छ ।
- शरीरको तौल घटाऊन अती राम्रो फल मानिन्छ ।
- यो प्राकृतिक शक्ति प्रदायक फल पनि हो । जसले इम्युनिटी पावर बढाउन सहायता गर्छ ।
- यो फलमा सुन्य कोलस्टर हुने हुँदा उच्च शक्ति दिने इन्धन मानिन्छ ।
- मुटुका रोगीको लागि पनि अती नै उपयोगी फल हो डुरियन ।
- यो फल नियमित खान सके संक्रमण हुनबाट धेरै बच्न सकिन्छ ।
- नियमित निन्द्रा (स्लीप साइकल) का लागि झन यो अमृत सरहकाे फल हो ।
- मुलायम छालाका लागि पनि यो फल नियमित खाँदा राम्रो मानिन्छ ।
लेखक सोल्टी क्राउन प्लाजाका सु सेफ हुन ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




