गोकर्णका महिलाले गुर्जाे राेपे

-



     सफल आवाज    
     असाेज ४ गते २०७७ मा प्रकाशित



काठमाडौँ, ४ असोज । काठमाडाैंकाे गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र र वाग्मती किनारमा महिलाले स्वास्थ्यका लागि उपयाेगी वनस्पति गुर्जो राेपेका छन । संविधान दिवसको अवसरमा गोकर्ण महिला सञ्जालका महिलाले रोग प्रतिरोधी क्षमता बढाउन उपयोगी मानिएकाे वनस्पति गुर्जो रोपेका हुन ।

सञ्जालको ११ औँ साधारणसभाको अवसरमा आन्तरिक राजश्व कार्यालय लाहानका प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले करिब १०० वटा गुर्जोका बिरुवा दिएका थिए । कार्यालय परिसरमा गुर्जोको बिरुवा उत्पादन गरी देशव्यापी रूपमा वितरण अभियान शुरू गरेका राजलवटले वाग्मती किनारलाई गुर्जो रोपण केन्द्र बनाउन निःशुल्क रूपमा वितरण गरेका हुन । अहिलेसम्म उनले देशका विभिन्न ठाउँमा ६० हजार गुर्जोका विरुवा वितरण गरेका छन ।

महिला सञ्जालका कार्यवाहक अध्यक्ष लक्ष्मी गिरीको समूह हाल गुर्जोका विरूवा राेप्ने अभियानमा लागिरहेकाे छ ।