गण्डकीमा बुधबार ५६ संक्रमित थप

-



     सफल आवाज    
     असाेज ७ गते २०७७ मा प्रकाशित



पोखरा, ७ असोज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ५ सय ७९ पुगेको छ ।


प्रदेशमा नयाँ ३१ जना थपिएसँगै कुल संक्रमित संख्या ३ हजार ५ सय ७९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

जसमा कास्कीमा ५, स्याङ्जामा ३, तनहुँमा ११, बागलुङमा ८ र पर्वतमा ४ जना संक्रमित भेटिएका हुन् ।

गण्डकीमा बुधबार बिहानमात्रै २५ जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये कास्कीका ९, नवलपुरका १, स्याङ्जा ३, म्याग्दी १, तनहुँ ४, लमजुङ ५ र बागलुङका २ जना थिए ।