
काठमाडौं, असोज ८ । विश्वमा कोरोना भाइरसबाट निकाे हुने संख्या वढीरहेको छ । बिहिवारसम्म २ करोड ३६ लाख ८० हजार १५३ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन ।
कोरोना भाइरसको संक्रमण भएका ३ करोड २० लाख ९७ हजार ३४१ मध्ये ९ लाख ८१ हजार ९६७ जनाले ज्यान गुमाएका छन् । कोरोनाका सक्रिय केसहरु ७४ लाख ३५ हजार २२१ रहेका छन् । ७३ लाख ७२ हजार ८५३ जनाको अवस्था सामान्य भईरहेको छ । ६२ हजार ३६८ जनाको अवस्था गम्भिर रहेको छ ।
आजसम्म अमेरिकामा ४३ लाख ९८ हजार ९०७ जना निको भईसकेका छन् । त्यहाँ ७१ लाख ३९ हजार ५५३ जनामा संक्रमण भएको छ । हालसम्म २ लाख ६ हजार ५९३ जनाले ज्यान गुमाएका छन् । अमरिका विश्वमै सबैभन्दा वढी कोरोना प्रभावित भएको देश हो ।
भारतमा ४६ लाख ७४ हजार ९८७ जना निको भएका छन । ५७ लाख ३२ हजार ५१८ जनामा संक्रमण भएकोमा ९१ हजार १७३ जनाले ज्यान गुमाएका छन् ।
ब्राजिल कोरोना प्रभावित भएका देशहरूमा तेश्रो पंक्तिमा रहेको देश हो । त्यहाँ ३९ लाख ९२ हजार ८८६ जना निको भएका छन् । ४६ लाख २७ हजार ७८० जनामा संक्रमण भएकोमा १ लाख ३९ हजार ६५ जनाको ज्यान गएको वर्ल्डओमिटर्स डट इन्फोले जनाएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




