
काठमाडौं, ८ असोज । नेपालमा गएको २४ घण्टामा झण्डै १५ सय संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर १ हजार ४ सय ९७ जना संक्रमित थपिएको जनाएका हुन् । उनका अनुसार ११ हजार ४ सय ४९ परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
हाल नेपालमा १८ हजार ४ सय ३७ जना सक्रिय संक्रमित रहेका छन् । २५ हजार सक्रिय संक्रमित नाघे आवश्यक लकडाउन गर्न मन्त्रालयले सरकारलाई सिफारिस गर्ने भएको छ । हाल देशभर ८ हजार ६ सय १४ जना संस्थागत आइसोलेसनमा र ९ हजार ८ सय २३ जना होम आइसोलेसनमा बसेका छन् ।
यसैगरी, गएको २४ घण्टामा ४ सय ५७ जनाले कोरोना जितेका छन् । यो सहित कुल निको हुनेको संख्या ५० हजार ४ सय ११ पुगेको छ । नेपालमा पछिल्लो समय सबैभन्दा बढी काठमाडौं सहरमा र त्यसपछि चितवनमा कोरोना संक्रमितको दर बढ्दै गएको मन्त्रालयले जनाएको छ ।
कोरोना केही होइन नभनौं: स्वास्थ्य मन्त्रालय
कोरोना भाइरस केही होइन भनी सामान्य रुपमा नलिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत गराएको छ । बिहीबार प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. गौतमले भने, ‘कोरोना केही पनि होइन, यो बनावटी कुरा हो । यो समान बेच्नको लागि बनाइएको हो भन्ने भ्रम पाल्दै हुनुहुन्छ भने विश्वमा ९ लाख ८२ हजार मानिसको कोरोनाकै कारण मृत्यु हुँदा उहाँहरुको उत्तर के छ ?’
उनले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै मिलेर कोरोनाविरुद्ध सचेत रहँदै दैनिक जीवनयापन गर्नुको विकल्प नरहेको बताए । उनले अत्यावश्यक काम नपरी सकेसम्म घरबाहिर नजान पनि दोहोर्याए ।
यसैगरी, कोरोना संक्रमितको प्राइमरी कन्ट्याक्टको रुपमा आएका व्यक्तिहरु जो संक्रमितसँग अन्तिम पटक भेट भएको हो, त्यस्ता मानिसहरुले पाँचौ दिन पूरा गरेपछि छैटौं दिनमा मात्र पीसीआर चेक गर्न मन्त्रालयले सुझाएको छ ।
यस्तै, आइसोलेनमा बसेका संक्रमितले दैनिक व्यापाम गर्ने, रुची अनुसारको काम गर्ने, आफ्नो भाँडा आफै माझ्ने, गल्ने बस्तु खाडलमा गाड्ने वा नगल्नेलाई जलाउने लगायत सरसफाइसँग सम्बन्धित कार्य गर्दै सतर्क रहनुपर्ने मन्त्रालयको सुझाव छ ।
१७ जनाको मृत्यु
कोरोना संक्रमणको कारण गएको २४ घण्टामा १७ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म ४ सय ५३ जनाको मृत्यु भएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




