गण्डकीमा थप २२ जना संक्रमित फेला, संक्रमित ३६ सय नाघे

-



     सफल आवाज    
     असाेज ८ गते २०७७ मा प्रकाशित



पोखरा, ८ असोज । गण्डकी प्रदेशमा थप २२ जना संक्रमित फेला परेका छन् । यसअघि बिहान ३ जनासहित गएको २४ घण्टामा २५ संक्रमित भेटिएका हुन् । योसहित प्रदेशमा कुल संक्रमित संख्या ३६ सय नाघेको छ ।

पछिल्लो समय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोतीमा ९ जना, गैँडाकोटमा ८ जना संक्रमित भेटिएका छन् । उनीहरुमध्ये कावासोतीमा भेटिएका संक्रमितको नमुना परीक्षण पोखरामा र गैँडाकोटका संक्रमितको चितवन मेडिकल कलेजमा नमुना परीक्षण भएको हो ।

यस्तै, स्याङ्जाको भीरकोटमा एक जना पुरुषमा पनि संक्रमण देखिएको छ ।

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चिवनमा भएको नमुना परीक्षणमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोटका ३४ वर्षीय पुरुष, विनयत्रिवेणीका ४२ वर्षीयय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

स्याङ्जाको पुतलीबजारका ३५ वर्षीय पुरुष र वालिङकी १८ वर्षीया किशोरीमा पनि संक्रमण देखिएको छ । उनीहरुको रिपोर्ट बाहिरी प्रदेशबाट ढिलो गरी प्राप्त भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनायो ।

बिहीबार बिहान पोखरा वडा ९ का ४२ वर्षीय पुरुष, वडा १० का ३२ र ३४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको निर्देशनायले जनाएको थियो ।

यसरी गण्डकीका ११ जिल्लामा हालसम्म कुल संक्रमित संख्या ३ हजार ६ सय ४ पुगेको छ । प्रदेशमा कुल संक्रमितमध्ये २ हजार ४ सय ५९ जना निको हुँदा ३२ जनाको मृत्यु भएको छ ।