
काठमाडौं, ९ असाेज । नेपालमा गएकाे२४ घण्टामा थप १ हजार ३ सय १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले साे जानकारी दिएका हुन्।
उनका अनुसार शुक्रबार देशभरमा सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ८९ पुगेकाे छ।
पछिल्लो २४ घण्टामा थप १२ हजार २ सय ६२ पीसीआर परीक्षण भएको हाे।
त्यस्तै २४ घण्टामा थप १ हजार ४ सय ५५ जना कोरोना संक्रमित निको भइ घर फर्केका छन्। याे सहित नेपालमा कोरोना मुक्त हुनेको संख्या ५१ हजार ८ सय ६६ पुगेको छ। शुक्रबार संक्रमितभन्दा निकाे हुने बढेका हुन्।
यसैगरी पछिल्लाे समय ६ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ।
मृत्यु हुनेमा मोरङका ६० वर्षीया महिला र ५५ वर्षीय पुरुष, सप्तरीमा ७० वर्षीय पुरुष, ललितपुरमा ५१ वर्षीय पुरुष, काठमाडौँमा ७५ वर्षीया महिला र कपिलवस्तुकी ७० वर्षीया महिला रहेका छन् ।
यससँगै देशभर हालसम्म मृत्यु हुनेको संख्या ४ सय ५९ पुगेको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




