ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण

-



     सफल आवाज    
     असाेज ९ गते २०७७ मा प्रकाशित



काठमाडौं, ९ असोज । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मेयर महर्जनको स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गर्दा शुक्रबार कोरोना पुष्टि भएको हो ।मेयर महर्जनका अनुसार उनकी पत्नीको रिपोर्ट भने नेगेटिभ आएको छ ।

उनमा कोरोना संक्रमण पुष्टि भएसँगै बखुन्डोलस्थित आफ्नै घरमा आइसोलेसनमा बसेका छन् । महर्जनले आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत रहन अनुरोध गरेका छन् ।