विश्वभर २ करोड ४४ लाख ६ हजार १२२ निको भए

-



     सफल आवाज    
     असाेज ११ गते २०७७ मा प्रकाशित



काठमाडौं, ११ असोज । विश्वमा कोरोना भाइरसको संक्रमणबाट निको हुनेहरुको संख्या २ करोड ४४ लाख ६ हजार १२२ पुगेको छ । आजसम्म ३ करोड ३० लाख ५५ हजार ३७ जनामा संक्रमण भएकोमा ९ लाख ९८ हजार ७२१ को ज्यान गएको छ ।

कोरोनाका सक्रिय केसहरु ७६ लाख ५० हजार १९४ रहेका छन । ७५ लाख ८४ हजार ८९० जनाको अवस्था सामान्य भईरहेको छ । गम्भिर हुनेहरु भने ६५ हजार ३०४ रहेका छन् ।

विश्वमै सबैभन्दा बढी कोरोना संक्रमण देखिएको देश संयुक्त राज्य अमेरिकामा ४५ लाख २४ हजार १०८ जनाा निको भएका छन । त्यहाँ ७२ लाख ८७ हजार ५६१ जनामा संक्रमण भएकोमा २ लाख ९ हजार १७७ जनाले ज्यान गुमाएका छन ।

दोश्रो बढी कोरोना संक्रमण फैलिएको देश भारतमा ४९ लाख ३८ हजार ६८८ जना निको भएका छन् । त्यहाँ ५९ लाख ९० हजार ५८१ जनामा संक्रमण भएकोमा ९४ हजार ५३४ को ज्यान गएको छ ।

तेश्रो बढी संक्रमण फैलिएको देश ब्राजिलमा ४० लाख ५० हजार ८३७ जना निको भएका छन । त्यहाँ ४७ लाख १८ हजार ११५ जनामा संक्रमण भएकोमा १ लाख ४१ हजार ४४१ को ज्यान गएको वर्ल्डओमिटर्स डट इन्फोले जनाएको छ ।