
काठमाडौं, ११ असोज । नेपालमा गएको २४ घण्टामा १ हजार ५ सय ७३ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर १ हजार ५ सय ७३ जना संक्रमित थपिएको जनाएका हुन् ।
उनका अनुसार १० हजार १ सय २३ पीसीआर परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यो सहित नेपालमा कुल संक्रमित संख्या ७३ हजार ३ सय ९४ पुगेको छ ।
हाल नेपालमा १९ हजार १९ जना सक्रिय संक्रमित रहेका छन् । २५ हजार सक्रिय संक्रमित नाघे आवश्यक लकडाउन गर्न मन्त्रालयले सरकारलाई सिफारिस गर्ने भएको छ ।
गएको २४ घण्टामा ८ सय ८५ जना निको भए । यो सहित कुल निको हुनेको संख्या ५३ हजार ८ सय ९८ पुगेको छ । हाल संस्थागत आइसोलेनमा ८ हजार ३ सय २१ जना छन् ।
यस्तै आइसीयूमा २२५ र भेन्टिलेटरमा ३३ जनाको उपचार भइरहेको छ ।
१० जनाको मृत्यु
कोभिड–१९ का कारण नेपालमा गएको २४ घण्टामा १० जनाको ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा बाराका २० वर्षीय पुरुष, ललितपुरका ४२ र ७७ वर्षीय २ जना पुरुष, काठमाडौँकी ५० वर्षीया महिला, काठमाडौँकै ६१ र ६२ वर्षीय २ जना पुरुष, रुपन्देहीका ७२ वर्षीय पुरुष, बर्दियाका ६३ र ५० वर्षीय २ जना पुरुष र अछामका ३४ वर्षीय पुरुष रहेका छन् ।
यससँगै नेपालमा कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




