विश्वभर संख्या वृद्धि हुँदै, २ करोड ४६ लाख ३७ हजार बढी निको

-



     सफल आवाज    
     असाेज १२ गते २०७७ मा प्रकाशित



काठमाडौं, १२ असोज । विश्वमा कोरोना भाइरसबाट संक्रमण भएकाहरु निको हुने क्रम बढीरहेको छ । आजसम्म २ करोड ४६ लाख ३७ हजार ८६७ जना निको भएका छन । ३ करोड ३३ लाख ६ हजार ५८८ जनामा संक्रमण भएकोमा मृतकको संख्या १० लाख २ हजार ३९८ पुगेको छ ।

अहिले कोरोनाका सक्रिय केसहरु ७६ लाख ६६ हजार ३२३ रहेका छन । ७६ लाख १ हजार ३२७ जनाको अवस्था सामान्य भईरहेको छ । संक्रमितमध्ये ६४ हजार ९९६ जनाको स्वास्थ्य अवस्था भने गम्भिर रहेको छ ।

विश्वभरको आँकडालाई हेर्ने हो भने ९९ प्रतिशत मानिस निको हुने अवस्थामा रहेका छन् । ९६ प्रतिशत मानिस निको भइसकेका छन । १० लाख मानिसको मृत्यु भईसकेको अवस्थालाई हेर्दा यो कुल संख्याको ४ प्रतिशत मात्रै मृत्यु दर हो । जम्मा गम्भिर भएकाहरुको अवस्थालाई हेर्दा उनिहरु १ प्रतिशत रहेका छन् ।

कोरोनाको संक्रमण भएका २१३ देशमध्ये अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँ अहिलेसम्म ४५ लाख ६० हजार ४५६ जना निको भईसकेका छन । ७३ लाख २१ हजार ३४३ जनामा संक्रमण भएकोमा २ लाख ९ हजार ४५३ जनाको मृत्यु भएको छ ।

भारत कोरोना संक्रमण भएको दोश्रो नंबरमा रहेको देश हो । त्यहाँ ५० लाख १६ हजार ५२० जना निको भईसकेका छन् । ६० लाख ७४ हजार ७०२ जनामा संक्रमण भएकोमा ९५ हजार ५७४ जनाको मृत्यु भएको छ ।

ब्राजिल धेरै संक्रमित भएको तेश्रो देश हो । त्यहाँ ४० लाख ६० हजार ८८ जना निको भएका छन । ४७ लाख ३२ हजार ३०९ जनामा संक्रमण भएकोमा १ लाख ४१ हजार ७७६ जनाको मृत्यु भएको वर्ल्डओमिटर्स डट इन्फोले जनाएको छ ।