विश्वभर २ करोड ४८ लाख ८० हजार ९४९ कोरोना मुक्त

-



     सफल आवाज    
     असाेज १३ गते २०७७ मा प्रकाशित



काठमाडौं, १३ असोज । विश्वभर कोरोना भाइरसको संक्रमणबाट २ करोड ४८ लाख ८० हजार ९४९ जना मुक्त भएका छन् । आजसम्म १० लाख ६ हजार ३७९ जनाले ज्यान गुमाएका छन् भने कुल संक्रमित संख्या ३ करोड ३५ लाख ५२ हजार १६६ पुगेको छ ।

अहिले कोरोनाका सक्रिय केसहरु ७६ लाख ६४ हजार ८३८ रहेका छन् । ७५ लाख ९९ हजार ५२० जनाको अवस्था सामान्य भईरहेको छ । ६५ हजार ३१८ जनाको अवस्था गम्भिर रहेको छ ।

सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा ४६ लाख ९ हजार ६३६ जना कोरोना मुक्त भएका छन । त्यहाँ ७३ लाख ६१ हजार ६११ ज्नामा संक्रमण भएको छ । अहिलेसम्म २ लाख ९ हजार ८०८ जनाले ज्यान गुमाएका छन ।

भारत काेराेनाकाे संक्रमण बढी फैलिएको दोश्रो मुलुक हो । त्यहाँ ५१ लाख १ हजार ३९७ जना कोरोना मुक्त भएका छन् । ६१ लाख ४५ हजार २९१ जनामा संक्रमण भएकोमा ९६ हजार ३५१ जनाको ज्यान गएको छ ।

संक्रमण बढी फैलिएको तेश्रो क्रममा रहेको ब्राजिलमा ४० लाख ८४ हजार १८२ जना कोरोना मुक्त भएका छन् । त्यहाँ ४७ लाख ४८ हजार ३२७ जनामा संक्रमण भएकोमा १ लाख ४२ हजार १६१ जनाको ज्यान गएको वर्ल्डओमिटर्स डट इन्फोले जनाएको छ ।