
चितवन, १३ असोज । कोरोना सङ्क्रमणको आक्रमण दीर्घरोगीलाई बढी हुने गरेको छ । यसमध्ये मुटुरोगको समस्या भएकाेमा रोगको सङ्क्रमण हुने गरेको विज्ञहरुले जनाएका छन् । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेमा बढी सङ्ख्यामा रोगप्रतिरोधी क्षमता कम भएका र दीर्घरोगी रहेका छन् । उच्च रक्तचाप, मधुमेह, मोटोपनजस्ता समस्या भएकामा मुटुरोगको उच्च जोखिम हुने गर्दछ ।
चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा सुधीर रेग्मीले मुटु रोगका समस्या भएकाहरु कोरोना सङ्क्रमणको जोखिममा रहेको बताए । कोरोनाले मुटुको मासु, रगतको नलि, मुटुलाई ढाक्ने र झिल्लिमा आक्रमण गर्दछ । जसबाट हृदयघातसमेत हुने गरेको उनकाे भनाइ छ । रगतको नलिमा रगत जमेर हुने पल्मोनरी इम्बोलिजम पनि हुने गरेको रेग्मीले बताए । जसले गर्दा श्वाँश्वाँ हुने, बेहोस् हुने, श्वास फेर्न गाह्रो हुने गर्दछ । कोरोनाकै कारण मुटुमा अनेक समस्या देखिने गरेको उनले जानकारी दिए । दीर्घरोगीहरु सङ्क्रमण हुनबाट अधिकतम बच्नुपर्ने रेग्मीको सुझाव छ ।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा राजन पाण्डेले पहिले पहिले दीर्घरोगीहरु र पाको उमेर भएकालाई मुटुको समस्या हुने गरेको भए पनि आजभोलि कम उमेरकालाई पनि यो समस्या देखिने गरेको बताए । वरिष्ठ फिजिसियनसमेत रहेका पाण्डेले भने, दीर्घरोगीलाई मुटुको समस्या बढी हुने गरेकोमा पछिल्लो समय युवा पुस्तामा पनि यो समस्या देखिएको छ । खानपान, जीवनशैलीमा परिवर्तन आएसँगै मानिसमा सानो उमेरमै मुटुको रोग देखिन थालेको पाण्डेको भनाइ छ ।
सञ्चालनको तयारीमा रहेको चितवन मुटु अस्पतालका मुटुरोग विशेषज्ञ डा शङ्कर लौडारीले कोरोना सङ्क्रमितमध्ये १० देखि १२ प्रतिशत मुटुरोगी भएको बताए । सङ्क्रमितमध्ये सबैभन्दा धेरै फोक्सोका रोगी हुने गरेको बताउँदै उनले दोस्रोमा मुटुरोगी रहेको जानकारी दिए । कोरोना सङ्क्रमणले उमेर बढी भएका वृद्धवृद्धा, उच्च रक्तचाप भएका, मधुमेहका समस्या भएका, मिर्गाैलाका समस्या देखिएका, क्यान्सर रोगका र मोटोपना ज्यादा भएकामा समस्या हुनेहरुको उनको बुझाइ छ । यस्ता रोगीमा अन्यको तुलनामा ५ देखि १० गुणा बढी कोरोना सङ्क्रमणको जोखिम हुने गरेको लौडारीको भनाइ छ ।
विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्ममा विश्वभर मुटु रोगबाट ज्यान गुमाउनेको सङ्ख्या वर्सेनि दुई करोड ५० लाख पुग्ने अनुमान गरेको छ । विश्व मुटु महासङ्घका अनुसार मुटुको रोगबाट विश्वभर वर्सेनि एक करोड ७५ लाख जनाको ज्यान जाने गरेको छ । यस्तै, नेपाललगायत विकासोन्मुख देशमा हृदयघात भएर मर्नेको सङ्ख्या ३५ प्रतिशतभन्दा बढी पुग्ने अनुमान गरिएको छ । नेपालमा ७५ लाख मुटुरोगी रहेको अनुमान छ । यो कूल जनसङ्ख्याको २५ प्रतिशत हुन आउँछ ।
आज विश्व मुटु दिवस । ‘मन लगाउ, मुटु बचाउ’ भन्ने नाराका साथ मनाइएकाे छ । विश्व हृदय महासङ्घ र विश्व स्वास्थ्य सङ्गठनले सन् १९९९ देखि सेप्टेम्बर २९ तारिखमा यो दिवस मनाउने घोषणा गरेपछि दिवस मनाउन थालिएको राससले लेखेकाे छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




