
काठमाडौं, १४ असोज । रुसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ), रुसको सार्वभौम सम्पति कोष र नेपालको एक प्रमुख औषधी वितरक ट्रिनिटी फर्मास्यूटिकल्सबीच नेपालका लागि २ करोड ५० लाख डोज औषधी आपूर्ति गर्न सम्झौता भएको छ । रुसले बनाएको खोप “स्पुतनिक भि” खोप जो एक लामो अध्ययनबाट बनाईएको र मानव एडिनोवायरल भेक्टर प्लेटफर्ममा आधारित रहेको जनाईएको छ ।
यो सम्झौताले धेरै देशहरुले कोरोना भाइरस बिरुद्धको भ्याक्सिन मानव एडिनोवायरल भेक्टर प्लेटफर्ममा आधारित भएकोले यसकाे महत्वलाई मान्यता दिन्छन भनेर रेखांकित गरेको छ । मानव एडिनोवायरल भेक्टर प्लेटफर्म एक राम्रो अनुसन्धान गरिएको भ्याक्सिन प्लेटफर्म हो । यो दशकौंसम्म सुरक्षित साबित हुन्छ । जसमा ७५ अन्तराष्ट्रिय वैज्ञानिक प्रकाशनहरु र २५० भन्दा बढी क्लिनिकल परीक्षणहरु समावेश छन् ।
रुसी खोपको क्लिनिकल परीक्षणहरुले कुनै गम्भिर प्रतिकुल घटनाहरु देखाएका छैनन्र । स्पुतनिक भि ले १०० प्रतिशत सहभागिहरुमा स्थिर ह्यूमरल र सेलुलर प्रतिरक्षा प्रतिक्रिया उत्पन्न गरेको कारणले हो । गएको ११ अगष्टमा गम्लेया राष्ट्रिय अनुसन्धान संस्थान इपिडिमियोलोजी र माइक्रोबायोलोजीद्वारा विकास गरीएको “स्पुतनिक भि” खोप रसियाको स्वास्थ्य मन्त्रालयले दर्ता गरेको थियो । यो खोप मानव एडिनोवायरल भेक्टर प्लेटफर्ममा आधारित कोभिड १९ बिरुद्ध विश्वको पहिलो खोपको रुपमा दर्ता भयो । “स्पुतनिक भि” खोप, मानव एडेनोवायरल भेक्टरको टेक्नोलोजिकल प्लेटफर्म र अन्य विवरण स्पुतनकि डट कममा विस्तृत रुपमा राखिएको छ ।
एशिया, मध्य पूर्व, ल्याटिन अमेरिका, यूरोप र सीआईएसका ५० बढी देशहरुले “स्पुतनिक भि” का लागि आवेदन दिएका छन । आरडीआईएफले यसअघि मेक्सिकोसंग ३२ मिलियन, ब्राजिलसंग ५० मिलियन, भारतसंग १०० मिलियन र उज्वेकिस्तानसंग ३५ मिलियन डोजका लागि आवदेन परेको बताएको छ ।
रुसी प्रत्येक्ष लगानी कोषका सीईओ किरल दिमित्रीले धन्यवाद दिदैं भने, नेपालको ट्रिनिटी फर्मास्यूटिकल्ससंगको सम्झौता अनुसार नेपालको ९० प्रतिशत जनसंख्याको लागि “स्पुतनिक भि” प्रदान गरिनेछ । बाँदर एडिनोवायरल वा एमआरएनएमा आधारित प्रयोगात्मक खोपहरु भन्दा फरक “स्पुतनिक भि” हो । खोप मानव एडिनोवायरल भेक्टर प्लेटफर्ममा सिर्जना गरिएको हो । लामो अवधिको कुनै नकारात्मक प्रभाव यसको प्रमाणित भएको छैन । हामीले एशियाका अन्य साझेदारको चासो यसका बारेमा रहाेस भन्ने चाहेका छौं । दिमित्रीले भने, स्पुतनिक भि” खोपलाई आवदेन दिने देशहरुमा पठाउन तयार छौं । किनभने कोरोना भाइरस हाम्रो साझा दुश्मन हो, साझा प्रयासबाट मात्रै पराजित गर्न सकिन्छ, उनले भने ।
ट्रिनिटी फर्मास्यूटिकल्सका निर्देशक:किशोर अधिकारी
यसैबीच, ट्रिनिटी फर्मास्यूटिकल्सका निर्देशक किशोर अधिकारीले रुसी प्रत्यक्ष लगानी कोषसंग भएकाे यस विषयलाई घोषणा गर्न उत्साहित भएको बताएका छन् । उनले खोपलाई नेपाल सरकारले अनुमोदन गरेपछि यसलाई नेपालको जनसंख्याका लागि उपलव्ध गराउने बताएका छन । रसियन प्रत्यक्ष लागनी कोष आरडीएफलाई उधृत गर्दै पीआरन्यूजवायरले लेखेको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




