पाेखरामा नवजात शिशुमा कोरोना

-



     सफल आवाज    
     असाेज १४ गते २०७७ मा प्रकाशित



पोखरा, १४ असोज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ८ सय ६६ पुगेको छ । बुधबारमात्रै प्रदेशमा ३० संक्रमित थपिएका हुन् । तीमध्ये पोखराका नवजात शिशुसहित ३ जना छन् ।

पोखरा वडा २ का ६५ वर्षीय पुरुष, वडा २० का ६५ वर्षीय पुरुष र वडा ४ का २० घण्टाका नवजात शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण देखिएका नवजात शिशुलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको एनआईसीयूमा भर्ना गरिएको छ ।

यस्तै, कास्कीको अन्नपूर्ण गाउँपालिका वडा २ का २८ वर्षीय पुरुष पनि संक्रमित भएका छन् ।

नवलपरासी (बर्दघात सुस्ता पूर्व) को गैँडाकोट नगरपालिकाका मात्रै २८ जना संक्रमित फेला परेका हुन् ।

उता, गोरखाको आरुघाट वडा ९ का २४ वर्षीय पुरुषमा समेत संक्रमण पुष्टि भएको छ ।