
काठमाडौं, १४ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणका लागि बढी शुल्क लिएका ८ वटा ल्यावलाई २४ घन्टामा शुल्क समायोजन गर्न निर्देशन दिएको छ । दिईएको निर्देशनको पालना नगरे प्रयोगशाला परीक्षणका लागि दिईएको स्वीकृती खारेज गर्ने चेतावनी दिएको छ ।
मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङका क्रममा आज प्रवक्ता प्राडा जागेश्वर गौतमले मन्त्रायलयस्तरीय इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस) को निर्णयलाई सुनाउँदै शुल्क समायोजन नगरेको खण्डमा प्रयोगशाला परीक्षणका लागि दिईएको स्वीकृतीलाई खारेज गर्ने निर्णय भएको जानकारी दिए ।
डा.गौतमले गुणस्तर मापन तथा नियमन महाशाखाबाट आएकाे प्रतिवेदमा ८ वटा ल्याबले बढी शुल्क लिएर पीसीआर परीक्षण गरिरहेको पाइएको बताए । गौतमका अनुसार बढी शुल्क लिएका प्रयोगशालालाई एक पटकको लागि चेतावनी दिन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिने निर्णय भएको छ । यस्तै, २४ घन्टाभित्र यसअघि तोकिएको पीसीआर परीक्षण शुल्क समायोजन नगरे परीक्षण स्वीकृती खारेज गरी पत्राचार गर्न निर्देशन दिईएको छ ।
स्वास्थ्य मन्त्रालयले गएको भदौ २८ गते गरेको निर्णयअनुसार देशका सबै प्रयाेगशालाले पीसीआर परीक्षण शुल्क बढीमा दुई हजार तोकिएको थियो । प्रवक्ता डा.गौतमले तोकिएको भन्दा बढी शुल्क लिने गरेका प्रयोगशालालाई कालो बजारी अन्तर्गत गृहमन्त्रालयलाई कारबाहीको लागि पत्र पठाउने निर्णय भएको पनि बताए ।
बढी शुल्क लिने प्रयोगशालाहरुमा ह्याम्स अस्पताल, डिकोड ल्याब, इन्ट्राप्रिड डायग्नोस्टिक, स्टार अस्पताल, नेपाल मेडिसिटी, बिएण्डबी, सेन्ट्रल डायगनोस्टिक र सौर्या हेल्थकेयर रहेका छन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




