
काठमाडौं, १५ असोज । काठमाडौं महानगरपालिकाले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आज काठमाडौंका विभिन्न वडाहरुमा पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न लागेको जानकारी दिएको छ ।
पीसीआर परीक्षणका लागि वडा नं २८ मा बिहान ११.३० वडा कार्यालयमा स्वाब संकलन हुँदैछ । यस्तै, वडा नं २९ मा बिजय स्मारक मा.बि डिल्लिबजारमा बिहान ११.३० वजे, वडा नं ३० को मैतीदेवी मन्दिरमा मध्यान्ह १२ वजे, वडा नं २६ र २ को ११.३० वजे शान्ती बिद्या गृह लैनचौरमा स्वाब संकलन गर्न लागिएको छ ।
महानगरको शहरी स्वास्थ्य महाशाखाका अनुसार ३२ वटै वडामा संक्रमण फैलिएको छ । बिहिबार बिहानसम्म ८ हजार ९८८ जनामा संक्रमण भएको छ । होम आइसोलेसनमा २ हजार ७१० जना रहेका छन । अस्पतालमा ५५४ जनाको उपचार भईरहेको छ । संस्थागत आइसोलेसनमा रहनेको संख्या भने ६३५ रहेको छ ।
यस्तै, महानगरमा कोरोनाका सक्रिय केसहरु ३ हजार ८९९ रहेका छन । अहिलेसम्म ४ हजार ६५० जना निको भएका छन भने ७४ जनाको ज्यान गएको छ । महानगरका अनुसार विवरण नखुलेका संक्रमितहरुको संख्या ३६५ रहेको छ । कन्ट्याक ट्रेसिङ गरिएकामध्ये हालसम्म पीसीआर गरिएको संख्या १४ हजार ४१२ रहेको छ । कन्ट्याक ट्रेसिङ गरिएकामध्ये हालसम्म पीसीआर पोजेटिभ आएको संख्या १ हजार ९१६ रहेको काठमाडौं महानगरपालिका शहरी स्वास्थ्य महाशाखाले जनाएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




