राहुल गान्धी हिराशतमा,दिल्लीमा कांग्रेसकाे आक्रामक विरोध

-



     सफल आवाज    
     असाेज १५ गते २०७७ मा प्रकाशित



काठमाडौं, १५ असोज । भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई प्रहरीले हिराशतमा लिएको छ । हाथरसमा भएको जघन्य सामुहिक वलात्कारको घटनालाई लिएर भारतीय कांग्रेस पार्टीले आक्रामक रुपमा कडा विरोध गरेको छ । यहि क्रममा बिहिबार दिल्लीबाट हाथरसका लागि गएका कांग्रेस नेता राहुल गान्धीलाई वाड्राको यूपि पुलिसले हिरासतमा लिएको हो ।

अपराधीहरुको सिकार भएकी यूवतीको उपचारको क्रममा सफदरजंग अस्पतालमा १५ दिनपछि मृत्यु भएपछि कांग्रेस नेता राहुल गान्धिले ट्वीटमा जंगलराजले एक अर्की युवतीलाई मारे भनेर अभिव्यक्ति दिएका छन।

तर भारतीय पुलिसले घटनासंग जाेडिएर आएका कुराहरूलाई गलत भनेकाे छ ।

ग्रेटर नोयडा नजिकै पुलिस तथा कांग्रेस कार्यकर्ताबीच झडप भएपछि पुलिससंगको धकेलाधकेलमा परेका राहुल गान्धी जमिनमा ढलेका थिए । उता कांग्रेस कार्यकर्ताले दिल्लीमा ठूलो प्रदर्शन गरेका छन । यूपी की प्रभावकारी नेतृ महासचिव प्रियंका गान्धीले पिडितको परिवारसंग कुरा गरेको बताएकी छन । उनले ट्वीटमा पुलिसले बर्रबर रूपमा लठ्ठीले हानेकाे र कार्यकर्ता घाइते भएकाे लेखेकी छन । उनले सरकारलाई अहंकारीकाे संज्ञा पनि दिएकी छन ।