एकै दिन १९११ कोरोना संक्रमित थपिए

-



     सफल आवाज    
     असाेज १५ गते २०७७ मा प्रकाशित



काठमाडौं, १५ असोज । नेपालमा गएको २४ घण्टामा १ हजार ९ सय ११ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर १ हजार ९ सय ११ जना संक्रमित थपिएको जनाएका हुन् । यसरी संक्रमितको कुल संख्या ७९ हजार ७ सय २८ पुगेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा ९ सय ६१ जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म निको हुनेको संख्या ५७ हजार ३ सय ८९ पुगेको छ । देशभर सक्रिय संक्रमित हाल २१ हजार ८ सय ३० छन् ।

पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । यो सहित हालसम्म मृत्यु हुनेको संख्या ५ सय ९ पुगेको मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा १२ हजार ४ सय ४४ जनाको पीसीआर परीक्षण भएको छ ।