अहिलेसम्मकै धेरै संक्रमित, एकै दिनमा २७२२ थप

-



     सफल आवाज    
     असाेज १६ गते २०७७ मा प्रकाशित



काठमाडौं, १६ असोज । नेपालमा एकै दिनमा बढी संक्रमित हुनेको संख्यामा रेकर्ड ब्रेक भएको छ ।
गएको २४ घण्टामा २ हजार ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यसअघि सबैभन्दा बढी एकै दिनमा २ हजारसम्म संक्रमित भेटिएका थिए ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएका हुन् ।

काठमाडौ उपत्यकामा मात्रै १ हजार ६ सय ३८ थना संक्रमित थपिए । काठमाडौं, भक्तपुर र ललितपुरमा एकै दिनमा सबैभन्दा बढी शुक्रबार नै संक्रमित थप भएका हुन् । तीमध्ये काठमाडौं जिल्लामा १ हजार २ सय ८०, भक्तपुरमा १ सय ९६ र लतिलपुरमा १ सय ६२ जना कोरोना संक्रमित छन् ।

देशभर संस्थागत आइसोलेसनमा ९ हजार ४ सय ७४ जना रहेका छन् । गएको २४ घण्टामा थप १४ हजार ७ सय ३९ पीसीआर परीक्षण भएको हो । देशभरमा सक्रिय संक्रमितको संख्या २१ हजार २ सय ३४ रहेको छ ।

त्यस्तै पछिल्लो समय थप ३ हजार ३ सय ७ जना कोरोना संक्रमित निको भए । निको हुनेको संख्या कुल ६० हजार ९६ पुगेको छ ।