२१२० जनामा कोरोना संक्रमण पुष्टि, २०४४ निको

-



     सफल आवाज    
     असाेज १७ गते २०७७ मा प्रकाशित



काठमाडौं, १७ असोज । नेपालमा गएको २४ घण्टामा २ हजार १ सय २० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर योसहित कुल संक्रमितको संख्या २१ हजार ३ सय २ पुगेको जनाए । सो अवधिमा १२ हजार ९ सय ७८ जनाको पीसीआर परीक्षण भएको हो ।

यसैगरी, पछिल्लो २४ घण्टामा २ हजार ४४ जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म निको हुनेको संख्या ६२ हजार ७ सय ४० पुगेको छ ।

हाल देशभर संस्थागत आइसोलेसनमा ९ हजार ७ सय ७३ र होम आइसोलेसनमा ११ हजार ५ सय २९ जना बसेका छन् ।

काठमाडौं उपत्यकामा मात्र १ हजार १ सय ७७ जना संक्रमित थपिए । तीमध्ये काठमाडौंका १ हजार १, भक्तपुरका ६७ र ललितपुरका १ सय ९ जना छन् ।

कोरोना संक्रमितमध्ये दैनिक औषतमा ८ जनाको ज्यान जाने गरेको छ । हालसम्म ५ सय २८ जनाले ज्यान गुमाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।