गण्डकीमा थप १ कोरोना संक्रमितको मृत्यु

-



     सफल आवाज    
     असाेज १८ गते २०७७ मा प्रकाशित



पोखरा, १८ असोज । गण्डकी प्रदेशमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सहित प्रदेशका कोरोना संक्रमितमध्ये मृत्यु हुनेको कुल संख्या ३४ पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार नवलपुरको विनयत्रिवेणी–२, दुम्कीवासका ३६ वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो ।

असोज १३ मा कोरोना पुष्टि भएपछि उनी १७ गते भरतपुर अस्पतालको आईसीयूमा भर्ना भएका थिए । उनमा श्वासप्रश्वास तथा कलेजोमा समस्या देखिएकोमा उपचारक्रममा मृत्यु भएको हो । योसहित नवलपुरमा मात्रै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।

यसैगरी, गण्डकी प्रदेशमा आइतबारमात्र ४३ जना कोरोना संक्रमित थपिएका छन् । यो सहित कुल संक्रमित संख्या ४ हजार ५९ पुगेको छ ।