
पोखरा, १९ असोज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४२३१ पुगेको छ । प्रदेशमा सोमबारमात्र ५६ जना थप भएका हुन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार पोखराका मात्रै ३६ जना छन् । जसमा वडा १४ का २२ र ५१ का पुरुष, ५२ की महिला, वडा १७ का २० वर्षीय पुरुष, वडा १२ का ३६ वर्षीय पुरुष, वडा ३० कि ५१ वर्षीया महिला छन् ।
त्यस्तै वडा ३ का वर्ष २२ देखि ३८ सम्मका १० जना पुरुष, वडा १३ का ३६ वर्षीया महिला, वडा १९ का ५५ वर्षीय पुरुष, वडा १० का २८ र ६४ वर्षीय पुरुष, वडा ७ का २६ र २९ वर्षीय पुरुष, वडा ११ का २८ र ३० वर्षीय पुरुष, वडा २२ का २९ वर्षीय पुरुष र वडा नखुलेकी ४९ वर्षीया महिला संक्रमित भएका छन् ।
यसैगरी, पोखरा वडा ६ की १८ वर्षीया महिला, वडा ७ का १६ वर्षीय पुरुष र ७३ वर्षीया महिला, वडा ९ का ५३ वर्षीय पुरुया, वडा १० की ३३ वर्षीया महिला, वर्ष १० र ६८ का पुरुष, वडा ११ का ४६ वर्षीय पुरुष, वडा १६ का ७२ वर्षीय पुरुष, वडा १७ का ५३ वर्षीय पुरुष पनि संक्रमित भएका छन् ।
वडा १२ स्थित पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय पोखरामा कार्यरत ३६ वर्षीय चिकित्सक हुन् ।
त्यसैगरी, गोरखाका १८ जना छन् । जसमा गोरखा नगरपालिका वडा ११ का ६ जना पुरुष र २ जना महिला प्रहरी छन् । नवलपुरको मध्यबिन्दुका २० वर्षीय पुरुष, तनहुँको आँबुखैरेनी वडा १ का २० वर्षीय पुरुष छन् ।











पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




