वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण

-



     सफल आवाज    
     असाेज २० गते २०७७ मा प्रकाशित



काठमाडौं, २० असोज । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको स्वाव परीक्षणमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको आचार्यले बताएका छन् ।

वरिष्ठ हास्य कलाकार आचार्यका अनुसार उनीसँगै उनकी श्रीमतीलाई समेत कोरोना पुष्टि भएको छ । आफूलाई कोरोना लागेपछि सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन उनले आग्रह गरेका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसवुक मार्फत सूचना दिदै उनले आफूलाई लक्षण नदेखिएको र आराम गरिरहेको समेत जानकारी दिएका छन् ।