नवलपुर र लमजुङमा गरी थप ९ मा कोरोना पुष्टि

-



     सफल आवाज    
     असाेज २२ गते २०७७ मा प्रकाशित



पोखरा, २२ असोज । गण्डकी प्रदेशमा थप ९ जना कोरोना संक्रमित देखा परेका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित कुल संक्रमित संख्या ४ हजार ४ सय १० पुगेको छ ।

चितवन मेडिकल कलेजमा भएको परीक्षणमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा ८ जना र लमजुङमा १ जनामा कोरोना पुष्टि भएको हो ।

जसमा गैडाकोट वडा ४ की ५० वर्षीया महिला, वडा २ की ४९ वर्षीया महिला र वडा ५ का २९ वर्षीय पुरुष छन् ।

यस्तै, हुप्सेकोट वडा ४ का ३२ वर्षीय पुरुष कावासोती ८ का २३ वर्षीय पुरुष, कावासोती वडा १ का २५ वर्षीय पुरुष, देवचुली वडा २ की ३४ वर्षीया महिला, वडा १४ की २५ वर्षीया महिलामा पनि संक्रमण देखा परेको छ ।

उता, लमजुङको सुन्दरबजार वडा १० की २१ वर्षीया महिलाको पनि पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु सबैजना आइसोलेसनमा बसेका छन् ।