
पोखरा, २२ असोज । पोखरामा थप एक जना कोरोना संक्रमितको निधन भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा १६ निवासी ८३ वर्षीय पुरुष हुन् ।
गत असोज १३ मा कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालअन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा भर्ना गरी उपचार भइरहेकोमा उनको बिहीबार बिहान १० बजेर ४३ मिनेटमा मृत्यु भएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको हो ।
ती वृद्धमा उच्च रक्तचाप, मधुमेह, मिर्गौलाका रोगी समेत थिए । कोभिड–१९ पोजेटिभ भई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ज्यान गुमाउने उनी ११ औं संक्रमित रहेको अस्पतालका प्रतिष्ठानका निर्देशक सहप्राडा अर्जुन आचार्यले जानकारी दिए ।
यो सहित गण्डकीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ ।









पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




