पोखरामा २४ संक्रमित थप

-



     सफल आवाज    
     असाेज २३ गते २०७७ मा प्रकाशित



पोखरा, २३ असोज । गण्डकी प्रदेशमा शुक्रबार थप ३५ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीमध्ये पोखराका मात्रै २४ जना छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार चरक हस्पिटलका ५ पुरुष र ४ महिला, गण्डकी मेडिकल कलेज (जिएमसी) का २ पुरुष तथा पद्म नर्सिङ् होमका ६२ वर्षीय चिकित्सक लगायत पोखरामा २४ जनामा संक्रमित थपिएको हो ।

त्यस्तै, पोखरा वडा २९ का ४ जना पुरुष, पोखरा ३२ का २ जना पुरुष, पोखरा वडा ५, ८, ९, २७, ३० र ३१ का १–१ जनामा संक्रमण पुष्टि भएको छ ।

उता, तनहुँका ५ जना, लमजुङका ३ जना, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का २ तथा गोरखाका १ जना संक्रमित भएको निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

योसँगै गण्डकी प्रदेशमा संक्रमित हुनेको संख्या ४ हजार ५ सय ३३ पुगेको छ । तीमध्ये ३७ जनाको मृत्यु भएको छ ।