काठमाडौं महानगरपालिकाका विभिन्न वडामा स्वाब संकलन हुँदै

-



     सफल आवाज    
     असाेज २५ गते २०७७ मा प्रकाशित



काठमाडौं, २५ असोज । काठमाडाैं महानगरपालिकाका विभिन्न वडामा आज स्वाब संकलन हुँदैछ । काठमाडौं महानगरपालिकाले कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणका लागि वडाहरुमा स्वाब संकलन गर्ने र पीसीआर परिक्षणका लागि पठाउने कार्यलाई निरन्तरता दिएको छ । स्वाब संकलन गर्ने र संक्रमण पाेजेटिभ देखिएकाहरुलाई आइसोलेसनमा पठाउने काम गरिरहेको बताएको छ ।

यसैक्रममा महानगरका विभिन्न वडाहरुमा आज स्वाब संकलन गर्न लागिएको छ । वडा नं ७ र ८ मा मध्यान्ह १२ वजे, वडा नं १५ र २४ मा पनि मध्यान्ह १२ वजे स्वाब संकलन गर्न लागेको महानगरले जनाएको छ । महानगरले नगरवासिलाई स्वास्थ्य सुरक्षा सम्पूर्ण मापदण्डहरुलाई अपनाउन आग्रह गरेको छ ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्यांक हेर्ने हाे भने आज सम्म काठमाडौंमा कुल ३२ हजार ५६१ संक्रमित पुगेका छन् । उनीहरुमा २० हजार ९२३ पुरुष र ११ हजार ६३८ महिला रहेका छन् ।

पछिल्लो क्रममा कोरोना भाइरसको संक्रमणको केन्द्र बन्दै गएको काठमाडौंमा यसको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न प्रयासहरु भईरहेपनि संक्रमण रोकिएको छैन । विशेषतः चाडवाडको समयमा मानिसहरुको भिडभाड हुने अवस्थालाई मध्येनजर गर्दै सरकारले स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरुलाई अनिवार्य अपनाउन आग्रह गरेको छ । साथै सरकारले भिडभाड नगर्न र आवजजावतलाई रोक्न आग्रह गरिसकेको छ ।

सरकारले कोरोनाको संक्रमणबाट बालबालिका तथा ६० वर्ष माथिका वृद्धवृद्धालाई अँझ बढी जोखिम हुने भएकोले संक्रमणबाट जोगिन घरघित्रै रहन आग्रह गरिरहेको छ ।