डा.केसीले अनशन तोडेपछि चिकित्सक संघको आन्दोलन फिर्ता

-



     सफल आवाज    
     असाेज २५ गते २०७७ मा प्रकाशित



काठमाडौं, २५ असोज । सरकार र डा.गोविन्द केसीबीच गएराति सहमति भएर आज बिहान उनले अनशन तोडेपछि नेपाल चिकित्सक संघले पूर्व घोषणा गरेका आन्दोलनका कार्यक्रम फिर्ता लिएको बताएकाे छ ।

संघका आजिवन सदस्य रहेका प्राध्यापक डा.गोविन्द केसीको १९ औं आमरण अनशनका सम्वन्धमा असोज २४ गते राति नेपाल सरकार र डा.केसीबीच सम्झौता भएको र डा.केसीले अनशन ताेडेपछि संघले घोषणा गरेका आन्दोलनका कार्यक्रम फिर्ता लिएको आज बिहान जारी प्रेस बिज्ञप्तीमा जनाईएको छ ।

यसअघि संघले डा.केसीको जीवन रक्षाको लागि सरकार गम्भीर नएको भन्दै आजबाट कोभिड १९ तथा आकस्मिक सेवा बाहेकका सबै सेवा ठप्प पार्ने चेतावनी दिएको थियो ।

संघले डा.केसीको जीवन रक्षाका लागि घोषणा गरेको आन्दोलनलाई संघका शाखाहरु, नेपालभरका स्वास्थ्य संस्था, चिकित्सक, स्वास्थ्यकर्मि, विशेषज्ञ समाज, सञ्चारकर्मि र सर्वसाधारण नागरिकबाट भएको ऐक्यवद्धता र समर्थनको लागि आभार व्यक्त गरेको महासचिव डा.बद्री रिजालद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।