नेपालमा थपिए २०७१ कोरोना संक्रमित, निको हुने १५५२

-



     सफल आवाज    
     असाेज २५ गते २०७७ मा प्रकाशित



काठमाडौं, २५ असोज । नेपालमा आइतबार २ हजार ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा शनिबार मात्रै ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार देशभरमा १२ हजार ७ सय २७ परीक्षणमा थप २ हजार ७१ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ पुगेको छ ।

यसैगरी, हाल १३ हजार ६ सय ४९ जना संस्थागत आइसोलेसनमा बसेका छन् ।

पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५२ जना निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ७५ हजार ८ सय ४ पुगेको छ। निको हुने कूल संक्रमित ७० दशमलब ३ प्रतिशत हुन आउँछ ।

यस्तै कुल संक्रमितमध्ये गएको २४ घण्टामा २२ जनाको मृत्यु भएको छ । हालसम्म कुल ६ सय ३६ जनाको मृत्यु भैसकेको छ ।