
टीकापुर, २ कात्तिक । कैलालीको टीकापुर नगरपालिकाले एकै दिन ११ नयाँ भवन उद्घाटन गरेको छ । पछिल्ला दुई वर्षयता भौतिक संरचना निर्माणलाई प्राथमिकता दिएको नगरपालिकाले शनिबार दुई वडा कार्यलय भवन, एउटा शहरी स्वास्थ्य केन्द्र र कुन्ती टोलको दलित बस्तीका आठवटा घर उद्घाटन सहित हस्तान्तरण गरेको हो ।
नगरपालिकाले आफ्नै कार्यालय नभएका वडा, शहरी स्वास्थ्य केन्द्रका भवन निर्माणलाई प्राथमिकता दिएर निर्माण गरेको हो । वडा कार्यालय भवन ४० प्रतिशत नगरपालिका र ६० प्रतिशत जिल्ला समन्वय समिति कैलालीको साझेदारीमा निर्माण गरिएका हुन् भने शहरी स्वास्थ्य केन्द्र सङ्घीय सरकारको सशर्त अनुदानबाट निर्माण गरिएको नगर प्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिए ।
यस्तै कुन्ती टोलको दलित बस्तीमा निर्माण गरिएका आठ घर तराई–मधेस समृद्धि कार्यक्रम र टीकापुर नगरपालिकाको साझेदारीमा निर्माण सम्पन्न भएका हुन् । यी सबै संरचना रु दुई करोडको लागतमा निर्माण सम्पन्न भएकाे इञ्जीनियर नवराज जोशीले जानकारी दिएका छन । “यी सबै संचरनाको रकम जोड्दा रु दुई करोड खर्च भएको छ”, जोशीले भने ।
नवनिर्मित संरचनाको उद्घाटन गर्दै टीकापुर नगरपालिकाका प्रमुख रावलले अब टीकापुर नगरपालिकामा १ नं बाहेकका सबै वडा आफ्नै भवनबाट सञ्चालन भएको बताए । “हामी जनप्रतिनिधि भएर नगरपालिकाका प्रवेश गर्दा भौतिक संरचना सम्पन्न गराउने भनेका थियौँ”, तीन वर्षमा सबै कार्यालय आफ्नै भवनबाट सञ्चालन भएका छन् । आठ वडामा रहेका स्वास्थ्य संस्था, वडा कार्यालयलगायत कार्यालयका आफ्नै भवन बनेका छन् ।” नगरप्रमुख रावलले आफ्नै भवन भएर पनि साँघुरो भएर गुजारा गरिरहेका केही स्वास्थ्य संस्थाका भवन निर्माणाधीन अवस्थामा रहेको समेत बताए ।
“नगरपालिकाले भवन निर्माणपछि आवश्यक सामग्री, घेरा पर्खालजस्ता संरचनासमेत बनाउनेछ”, रावलले भने, “यी सबै संरचना बनाउनुको एउटै उद्देश्य नागरिकलाई सेवा प्रवाहमा सहजता होस् भन्ने हो । कार्यालय भवन सार्ने झण्झट पनि अन्त्य हुने भएको छ ।” नगरपालिकाले भवन हस्तान्तरण गरेपछि टीकापुर–७ कुन्तीटोलका दलित बस्तीमा खुशीयाली छाएको छ । घर पाएपछि उनीहरु खुसी भएका छन, राससकाे समाचारमा जनाइएकाे छ ।
“वर्षौँदेखि खरले छाएको चुहिने छानामा जीवन बिताएँ”, नयाँ भवन पाएकी आइती सुनारले भनिन, “अब त पक्की घरमा बस्न पाइने भयो । दुई कोठाको जस्ताले छाएको घर, बरण्डा पनि बनाइदिएको छ । म त निकै खुशी छु । बल्ल सरकार गाउँमा आएछ ।” आइतीजस्तै कुन्तीटोलका नयाँ घर पाएका अन्य परिवार पनि खुशी छन् । उनीहरु अब वर्षेनी नदी कटान र बाढीको डुबानबाट बच्न सकिने बताउन थालेका छन् । “सरकारले घर बनाइदियो, अब ढुक्कले घरमा सुत्न पाइने भयो”, सुनार भन्छन।








काठमाडौं, ५ मङ्सिर। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको फाइनलमाआज सुदूरपश्चिम रोयल्स र लुम्बिनी…
चितवन, ४ मङ्सिर । पृथ्वी राजमार्गको नागढुङ्गा-मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सवारी…
अन्ताल्या (टर्की), ४ मंसिर । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन COP31 को अवसरमा नेपाल आदिवासी जनजाति… 




