
पोखरा, ३ कात्तिक । बागलुङकी ४८ वर्षीया महिला लामो समयदेखि दीर्घ रोगी थिइन् । उनमा मधुमेह लगायत समस्या थियो ।
जचाउनु पर्यो भनी गत असोज २९ मा उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगिन् । कोरोनाको लक्षण समेत देखिएपछि अस्पतालले पीसीआर गर्यो । परीक्षणका क्रममा कात्तिक २ गतेमात्र रिपोर्ट आयो । रिपोर्टमा पोजेटिभ उल्लेख थियो । अर्थात् उनी कोरोना संक्रमित समेत बनिन् ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रका आइसोलेसन पहिलेदेखि नै भरिएका थिए । तसर्थ अस्पतालले उनको अवस्था सामान्य पाएपछि घरमै गएर होम आइसोलेसन बस्न सक्ने वा गाह्रो भए नजिकैको अर्को अस्पतालमा जान सक्ने भनी डिस्चार्ज गर्यो ।
उनी अस्पतालको सुझावअनुसार आफन्तको सहयोगमा कात्तिक २ गते पोखराबाट पर्वत हिडिन् । पर्वत सदरमुकाम कुष्मामा रोजीरोटीका लागि सामान्य फलफूल व्यवसाय गर्दै बस्ने गरेकी ती महिला कुष्मामै बसिन् । घरकोठामा पुगेर आइसोलेसन बस्न थालेको केही घण्टामै सोही राति अर्थात आइतबार राति ८ बजेतिर उनको मृत्यु भयो ।
बागलुङ नगरपालिका वडा १३ की ४८ वर्षीया कोरोना संक्रमित महिलाको आइतबार साँझ ७ बजे पर्वतको कुष्मा नगरपालिका वडा ५ मा निधन भएको हो । उनको घर बागलुङ जिल्लाको बागलुङ नगरपालिका वडा १३ हो ।
यसबारे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सहप्र्राध्यापक डा. अर्जुन आचार्यसँग जिज्ञासा राख्दा आचार्यले भने, ‘उहाँको अवस्था सामान्य रहेको र त्यस दिन अस्पतालका आइसोलेसन बेडसमेत भरिएकोले होम आइसोलेसन बस्न वा गाह्रो भए नजिकैको अस्पतालमा जान सुझाव दिइएको थियो ।’ अस्पतालको कुनै लापरबाही नरहेको उनको दाबी छ ।
यो सहित गण्डकीमा हालसम्म ५१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशमा हालसम्म ५ हजार ८ सय १६ जना कोरोना संक्रमित भैसकेका छन् । तीमध्ये करिब ३५ सय जना निको भएका छन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




