
काठमाडौं, ५ कात्तिक । संघीय सरकारले कोरोना भाइरसको संक्रमण भएका बिरामीको निःशुल्क उपचार नगर्ने भनेको बेला प्रदेश सरकारहरूले भने निःशुल्क उपचार गर्ने बताएका छन । प्रदेश १, वागमती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश सरकार र केही नगरपालिकाले निःशुल्क उपचार गर्ने भएका हुन ।
प्रदेश १ का सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले प्रदेश सरकारले सञ्चालन गरेको कोशी अस्पताल, कोभिड १९ उपचार केन्द्रमा शुल्क लिने निर्णय नभएको बताएका छन ।
बागमती प्रदेश सरकारले कोरोना सङ्क्रमितको उपचार निःशुल्क गरिरहेको बताएको छ । मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले प्रदेश सरकार मातहतका सबै अस्पतालमा कोभिड १९ को उपचार निःशुल्क उपचार भइरहेको जानकारी दिएको हो । प्रदेशका आठ वटा अस्पताल र आइसोलेशनमा कोरोना सङ्क्रमितको निःशुल्क उपचार भइरहेको मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिएका छन् ।
लुम्बिनी प्रदेश सरकारले पनि निःशुल्क उपचार गर्ने बताएको छ । मुख्यमन्त्री शंकर पोखरेलले लक्षण देखिएका संक्रमितको निःशुल्क उपचार भईरहेको बताएका छन । ‘लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि निःशुल्क उपचारको व्यवस्था कायमै रहेको मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन ।
गण्डकी प्रदेश सरकारले प्रदेशका ३८ स्थानका आइसोलेसनमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको निःशुल्क उपचार भईरहेको जानकारी दिएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले हिजोका दिनमा पनि सरकारले संक्रमितको उपचारको जिम्मा लिएको र आउने दिनमा पनि संक्रमितको उपचारको जिम्मा गण्डकी प्रदेश सरकारले लिने बताएका छन ।
दोलखाको भीमेश्वर नगरपालिकाले पनि नगरवासीको कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको ५९ औ बैठकले कोरोनाको लक्षण देखा परेका नगरवासीको पिसिआर परीक्षण गराउनुका साथै सङ्क्रमण पुष्टि भएमा सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय भएको नगरापलिकाका प्रवक्ता हरिवंश चौलागाईले जानकारी दिएका छन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




