
काठमाडौं, ७ कात्तिक । पछिल्ला दिनहरुमा एशिया, यूरोप तथा अमेरिकी देशहरूमा संक्रमितको संख्यामा वृद्धि भईरहेको पाईएको छ । आज विश्वभर ४ लाख ७४ हजार ४१२ जना नयाँ संक्रमित थपिएका छन् । ६ हजार ४१६ जनाले ज्यान गुमाएका छन् ।
अमेरिकामा बितेको २४ घन्टामा ७० हजार ९६३ जनामा संक्रमण पोजेटिभ देखिएको छ । भारतमा ५४ हजार ४८२, ब्राजिलमा ३१ हजार ९८५, रसियामा १५ हजार ९७१, स्पेनमा २० हजार ९८६, अर्जेन्टिनामा १६ हजार ३२५, फ्रन्समा ४१ हजार ६२२ र कोलम्वियामा ८ हजार ५७० जना नयाँ संक्रमित थपिएका छन ।
विश्वभर कोरोना भाइरसको संक्रमण भएर निको हुनेहरुको संख्या ३ करोड ११ लाख ६९ हजार ४४४ पुगेको छ । हालसम्म ११ लाख ४२ हजार ११३ जनाको ज्यान गएको छ भने कुल संक्रमित संख्या ४ करोड १९ लाख ६३ हजार ८६७ पुगेको छ ।
हाल ९६ लाख ५२ हजार ३१० वटा कोरोनाका सक्रिय केस रहेका छन् । ९५ लाख ७७ हजार ४२१ ज्नाको अवस्था सामान्य भईरहेको छ । गम्भिर अवस्थामा रहेकाहरुको संख्या ७४ हजार ८८९ रहेको छ ।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित भएको देश अमेरिकामा ५६ लाख ४७ हजार ३९३ जना निको भएका छन् । ८६ लाख ५८ हजार ३१३ जनामा संक्रमण भएकोमा २ लाख २८ हजार ३३३ जनाको ज्यान गएको छ ।
कोरोनाबाट दोश्रो धेरै संक्रमण भएको देश भारतमा ६९ लाख ४६ हजार ३२५ जना निको भएका छन् । ७७ लाख ५९ हजार ६४० जनामा संक्रमण भएकोमा १ लाख १७ हजार ३३६ जनाको ज्यान गएको छ ।
ब्राजिलमा ४७ लाख ८५ हजार २९७ जना निको भएका छन् । ५३ लाख ३२ हजार ६३४ जनामा संक्रमण भएको छ । १ लाख ५५ हजार ९६२ जनाले ज्यान गुमाएका वर्ल्डओमिटर्स डट इन्फाेले जनाएकाे छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




