सामसुङका अध्यक्ष ली कुन–ही को निधन

-



     सफल आवाज    
     कार्तिक ९ गते २०७७ मा प्रकाशित



सियोल, ९ कात्तिक . विश्वप्रसिद्ध मोबाइल डिभाइस निर्माता सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन–ही को निधन भएको छ । उनी ७८ वर्षका थिए । कम्पनीले जारी गरेको विज्ञप्तिमा लीको निधन शनिबार आफ्नै निवासमा भएको उल्लेख छ ।

सामसुङद्वारा जारी विज्ञप्तिमा स्थानीय सानो व्यवसाय विस्तार गर्दै विश्वमै अग्रणी औद्योगिक कम्पनी बनाउन दूरद्रष्टा लीको योगदान अतुलनीय रहेको जनाइएको छ । लीका श्रीमती, दुई छोरी र एक छोरा छन् । स्वर्गीय लीलाई सन् २०१४ मा हृदयाघात भएको थियो । सामसुङ कम्पनीको वार्षिक कारोबार दक्षिण कोरियाको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को पाँच भागको एक भाग बराबर रहेको मानिन्छ ।