१७४१ नयाँ थपिए,संक्रमित संख्या १ लाख ५९ हजार ८३०

-



     सफल आवाज    
     कार्तिक १० गते २०७७ मा प्रकाशित



काठमाडौं, १० कात्तिक । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुने संख्या १ लाख ५९ हजार ८३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बितेको २४ घन्टामा १ हजार ७४१ जनामा संक्रमण पोजेटिभ देखिएसंगै संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको हो ।

नेपालमा हाल कोरोनाका सक्रिय केसहरु ४३ हजार २९३ रहेको मन्त्रालयले जनाएको छ । आज देशका विभिन्न अस्पतालमा उपचार गराईरहेका ४ हजार ५ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसहित कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या १ लाख १५ हजार ६७५ पुगेको छ ।

कोरोनाको कारण आजसम्म ८६२ जनाले ज्यान गएका छन् । बितेको २४ घन्टामा १५ जनाको ज्यान गएको छ ।