विश्वभर कोरोनालाई जित्नेहरु ३ करोड २४ लाख ४६ हजार बढी

-



     सफल आवाज    
     कार्तिक १२ गते २०७७ मा प्रकाशित



काठमाडौं, १२ कात्तिक । विश्वभर कोरोना भाइरसलाई जित्नेहरुको संख्या ३ करोड २४ लाख ४६ हजार ९५६ पुगेको छ । कुल संक्रमित संख्या ४ करोड ४२ लाख ५१ हजार ९५१ रहेको छ । अहिलेसम्म ११ लाख ७१ हजार ४७६ जनाले ज्यान गुमाएका छन् ।

हाल १ करोड ६३ लाख ३ हजार ५१९ वटा कोरोनाका सक्रिय केस रहेका छन् । १ करोड ५५ लाख ३ हजार ४९५ जनाको अवस्था सामान्य भईरहेको छ । गम्भिर अवस्थाका विरामी भने ८० हजार २४ जना रहेका छन् ।

सबैभन्दा बढी संक्रमण फैलिएको देश अमेरिकामा ५८ लाख ७७ हजार ९६४ जना निको भएका छन् । त्यहाँ ९० लाख ३८ हजार ३० जनामा संक्रमण भएको छ । २ लाख ३२ हजार ८४ जनाको ज्यान गएको छ ।

अमेरिकापछि दोश्रो धेरै संक्रमण फैलिएको देश भारतमा ७२ लाख ५९ हजार ५०९ जना निको भएका छन् । ७९ लाख ९० हजार ३२२ जनामा संक्रमण भएकोमा १ लाख २० हजार ५४ जनाले ज्यान गुमाएका छन् ।

तेश्रो धेरै संक्रमण फैलिएको देश ब्राजिल हो । त्यहाँ ४९ लाख ४ हजार ४६ जना निको भएका छन् । ५४ लाख ४० हजार ९०३ जनामा संक्रमण भएकोमा १ लाख ५७ हजार ९८१ जनाको ज्यान गएको छ । आज बिहानसम्म विश्वभर १७ हजार १८ जना नयाँ संक्रमित थपिएका वर्ल्डओमिटर्स डट इन्फोले जनाएको छ ।