नेपालमा १९५४ कोरोना संक्रमित थपिए, २९८१ निको

-



     सफल आवाज    
     कार्तिक १२ गते २०७७ मा प्रकाशित



काठमाडौं, १२ कात्तिक । नेपालमा गएको २४ घण्टामा १ हजार ९ सय ५४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार २ सय ४८ पीसीआर परीक्षण गर्दा १ हजार ९ सय ५४ संंक्रमित थपिएका हुन् । यो सहित नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३९ हजार ६ सय ४३ पुगेको छ ।

काठमाडौं उपत्यकामा मात्र गएको २४ घण्टामा ८ सय ४३ संक्रमित थपिए । जसमा काठमाडौं जिल्लामा ६ सय ९६, भक्तपुरमा २९ र ललितपुरमा १ सय १८ जना छन् ।

यस्तै, सो अवधिमा २ हजार ९ सय ८१ जना निको भइ घर फर्केका छन् । हालसम्म निको हुनेको संख्या १ लाख २१ हजार ८ सय २४ पुगेको मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा नेपालभर ११ जना कोरोना संक्रमितको ज्यान गएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय ८७ पुगेको छ ।